Mr. Nepal 2017
Mr. Nepal 2017-Achheya Raymaghi

काठमाडौं । काठमाडौको बानेस्वरका २२ बर्षिया अक्षय रायमाझी यो बर्षको ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन्। अनामनगर स्थित लिवटी कलेज बीबीएमा अध्यायनरत रायमाझीले २८ प्रतिस्पर्धीलाई पछाडी पार्दै मिस्टर नेपालको उपाधि जितेका हुन् । मष्टकन्जेटिभ उपाधी समेत जितेका उनले अभिनयका लागि बिभिन्न न अवसरका साथमा थुप्रै गिफ्ट समेत हात पारे।

Mr. Nepal 1

रायमाझीले २०१७ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्रिभुवन आर्मी अफिसर्स क्लबमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा धुर्व बुढाथोकी, आषिस ताम्राकार क्रमस फष्ट रनर अप र सेकेन्ड रनर अप घोषित हुँदा डा. श्रीराम चन्द, अमृत दाहाल क्रमश फष्ट थर्ड रनर अप र फोर्थ रनर अप चुनिए। सबै बिजेताले उपाधिका साथमा विभिन्न उपहार समेत प्राप्त गरे।

अभिनेता रेश मरहठ्ठा, गायिका कोमल वाली, अभिनेत्री सरिता लामिछाने, खुस्बु खड्का, सन्दीप पोखरेल, नवराज श्रेष्ठ, सुनिल रावल, जगदिस्वर थापा, शैलजा आचार्य लगायत निर्णायक रहेको प्रतियोगीता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले आयोजना हुदै आएको आयोजक एक्सपोज नेपालमा म्यानेजिङ डाइरेक्टर अर्चना थापाले बताइन् ।

Mr. Nepal 3

उद्योग मन्त्री नबिन्द्रराज जोशी मुख्य अतिथी रहेको कार्यक्रममा कलाकार किरण केसी, चलचित्र प्रेम गीतका हिरो प्रदीप खड्का, निर्माता सन्तोस सेन, कलाकार रवि गिरी, पत्रकार कुबेर गिरी, श्याम अर्याल लगायतका व्यक्ति–व्यक्तित्वहरुलाई सम्मानित पनि गरिएको थियो।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २१ गते आइतवार ।