Bal Krishna Sajeeb 1काठमाडौ। नेपाली गीत–संगीतको क्षेत्रमा अग्रणी व्यक्तित्व तथा राष्ट्रिय–अन्तरराष्ट्रिय सम्मानव्दारा सम्मानित बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजीवले यो बर्षको तीजलाई मध्यनजर राखेर नेपालका सवै महिलाहरुलाई सम्मान गरेका छन्। त्यो सम्मान गीतको माध्यमवाट दिएका छन्।

नेपाली गीत–संगीतको क्षेत्रमा आधुनिक, पपगीत, राष्ट्रिय गीत तथा भजन गीतको माध्यमवाट श्रीबृद्धि गर्ने र गराउने कार्य गर्दैआएका गीतकार सजीवले यो बर्षवाट तीजको भाकामा तीज गीतको रचना गरेर उक्त सम्मान प्रदान गरिएको हो। अव देश हाँक्ने महिलाहरुकै हो बोलको भाकामा गायिका विष्णुमाया पौडे्लकोको गायनमा तीज गीतवाट नेपालका आम महिलाहरुलाई उत्प्रेरणा दिने कार्य गीतकार सजीववाट भएको छ।

Bal Krishna Sajeeb 3यस गीतको विमोचन काठमाडौको रानीवन स्थित सभ्यता पाठशालाको प्रांगणमा शनिवार विमोचन समारोहमा गीतकार सजीवले यो आफ्नो महिला दिदीबहिनीहरु प्रतिको सम्मानको प्रतिक तीज गीत हो भनेका छन्। गीतको भाकावाटै नेपाली महिलाहरुको उच्च गुणगान गर्ने कार्य गीतकार सजीववाट भएको छ।

तीजे गीतहरुमा अश्लिलताको भेल आइरहेको बर्तमान अवस्थामा नेपाली महिलाहरुको उच्चसम्मान गरेर बनाइएको सजीवको यो गीत निक्कै कर्णप्रिय तथा परिवारमा बसेर हेर्न र सुन्न मिल्ने अत्यन्त राम्रो भएको उपस्थित सवैको भनाई रहेको पाइयो। कार्यक्रममा अभिनेत्री शुभेच्छा थापाको उदघोषण तथा नाचमा गायिका विष्णुमाया पौडे्लको गायनलाई निक्कै रुचाइएको थियो।

Bal Krishna Sajeeb 2प्रकाशन मिति–२०७४ साल साउन १ गते आइतवार ।