काबुल। अफगानिस्तानका दुई मस्जिदमा गराइएका आक्रमणमा ६० जना मारिएका छन् । राजधानी काबुलमा रहेको शिया मुसलमानको मस्जिदमा छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली हान्नुका साथै विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तिमा ३९ जना मारिएका थिए । मारिने सबै मस्जिदमा आएका भक्तजन रहेको सरकारी अधिकारीले बताएका छन् ।

Afganistanयस्तै घोर प्रान्तमा रहेको सुन्नी मुसलमानको मस्जिदमा गराइएको अर्को आक्रमणमा २१ जना मारिएका छन् । काबुलको मस्जिदमा गराइएको आक्रमणको जिम्मेवारी आइएसले लिएको छ ।

आक्रणमकारीले शुक्रबार हुने नियमित प्रार्थनाका लागि जम्मा भएका भक्तजनलाई लक्षित गरी आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अफगानिस्तानमा यो हप्ता मस्जिदमा भएका आक्रमणमा मात्र कम्तिमा एक सय ७६ जना मारिएका छन् । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक ४ गते शनिवार ।