Afganistan Crimeकाठमाडौ। अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतंककारी मारिएका छन् । गत २४ घन्टामा भएका कारवाहीमा ती आतंककारी मारिएको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

सुरक्षा कारबाहीका क्रममा ७८ आतंककारी मारिनुको साथै अन्य ४३ जना घाइते भएको त्यहांको गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा जनाएको सिन्ह्वाले उल्लेख गरेको छ। अफगानिस्ताको उरुज्गान, नान्गार्हार, हास्का मिना, सिन्वार, कान्दाहार र कुन्दुज बाल्ख प्रदेशमा सो कारबाही जारी पनि भनिएको छ।

मन्त्रालयको विज्ञप्तिमा ठूलो संख्यामा हातहतियार र विस्फोटक पदार्थ बरामदगरी नष्ट गरिएको पनि उल्लेख गरिएको छ । तर, यस कारबाहीको क्रममा सुरक्षाकर्मीतर्फ भने कुनै क्षति भएको वा नभएको बारेमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन्।
प्रकाशन मिति–२०७४ साल असार २४ गते शनिवार ।