Afganistan crimeकाठमाडौ। अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा आक्रमण हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ।

दिउँसोको प्रार्थना चलिरहँदा एक आत्मघाती आक्रमणकारीले बिस्फोटक पदार्थ मस्जिदको मुख्य गेटमा राख्नुका साथै दुई जना बन्दुकधारी भित्र छिरेर अन्धाधुन्ध आक्रमण गरेका थिए।

मस्जिदमा आक्रमणपछि अफ्गानिस्तानको विशेष सुरक्षा दस्ता र आक्रमणकारीबीच करिब ४ घण्टासम्म भीडन्त भएको बीबीसीले उल्लेख गरेको छ।

सबै आक्रमणकारी समेत मारिएको बताइएको छ । आक्रमणको जिम्मा इस्लामिक अतिवादी संगठन आइएसले लिएको पनि बीबीसीले भनेको छ।

प्रकाशन मिति–२०७४ साल भाद्र ९ गते शुक्रबार ।