rekha-thapaकाठमाडौ। पूर्व पंचहरुको एकिकृत पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर सोही पार्टी प्रमोसनको क्रममा शनिवार दाङ्गको घोराही पुगेकी नायिका रेखा थापाले आमा बन्ने रहर पोखेकी छन्।

केही बर्षअगाडि मात्र नेपाली चलचित्रका टाइकोन निर्माता छविराज ओझासँग डिभोर्स गरेकी नायिका थापाले दाङ्गका पत्रकारहरुलाई आफूले अव चाँडै विवाह गरेर आमा बन्ने जानकारी दिएकी छन्।

चलचित्रमा मात्रै नायिका बनेकी रेखा थापाले अब आफू राजनीतिक नायिका बन्नको लागि राप्रपा मार्फत राजनीति शुरु गरेको खुलासा गरेकी छन्। नीतिनिर्माणमा महत्वपूर्ण भूमिका खेल्न नेपाली राजनीतिमा आएको समेत उनले भनेकी छन्।

rekha-thapa-1प्रकाशन मिति–२०७३ साल पुस १६ गते शनिवार ।