Vetran Actor Amrit Man Maharjan with Actress Bhintuna Joshi in Film Swoyanagu
Vetran Actor Amrit Man Maharjan with Actress Bhintuna Joshi in Film Swoyanagu

काठमाडौ। नेपाली तथा नेपालभाषा दुवैमा उतिकै सिद्धहस्त कलाकार तथा निर्देशक अमृतमान महर्जनको पछिल्लो ऐतिहासिक चलचित्र स्वयनगु प्रदर्शन हुने भएको छ। यही असोज ३ गते काठमाडौको बागबजारस्थित सिटीम्याक्स हलमा च्यारिटी प्रदर्शन हुन लागेको हो।

नेपालभाषाका सुप्रसिद्ध साहित्यकार प्रेमवहादुर कंसाकारको ऐतिहासिक गीति–नाटक जीउको कथालाई चलचित्रमा मनोरञ्जनात्मक ढंगवाट प्रस्तुत गर्ने कार्य निर्देशक अमृतमान महर्जनवाट भएको छ। हलिनेवा गुठी किपुल्चा कचाको लागि सिने ग्राफिक्स बलम्बुको प्रस्तुति रहेको यस चलचित्रको लेखन, निर्देशन तथा सम्पादन पनि महर्जनले नै गरेका छन्।

गोपालकृष्ण नकर्मीको निर्माणमा बनेको यस चलचित्रको छायाँकन लुजः सिंहले गरेका हुन्। कलाकारहरु अमृतमान महर्जन, भिन्तुना जोशी, रणेन्द्र महर्जन, लक्ष्मी गिरी, सानु ताम्राकार, नारायणदेवी प्रधान लगायत छन्। सवै कलाकारहरुको अभिनय बेजोड नै रहेको छ।

Amrit Man Maharjan Film 2

प्रकाशन मिति–२०७४ साल भाद्र २९ गते विहीवार ।