USA

सिकागो, अमेरिका । संयुक्त राज्य अमेरिकाको ओहायो र मेरिल्यान्ड राज्यका सरकारी कार्यालयका कम्प्युटर आतङ्ककारी समूहद्वारा ह्याक गरिएको पाइएको छ । ती कार्यालयका कम्प्युटर ह्याक गरिएको पुष्टि भएपछि आइतबार बन्द गर्नुपरेको त्यहाँका अधिकारीहरुले भनेका छन्।

ती कम्प्युटरका डिस्प्लेमा मुस्लिम आतङ्ककारी समूह आइएसको समर्थनमा लेखिएका सन्देश मात्र देखिएका थिए। कम्प्युटर खोल्नासाथै सो सन्देश मात्र देखिने र काम नगर्ने भएपछि कम्प्युटर ह्याक भएको प्रमाणित भएको र बन्द गर्नुपरेको ती अधिकारीहरुको भनाई रहेका छन्। यसरी प्रभावित भएका कम्प्युटरमा एउटा कम्प्युटर ओहायो राज्यका गभर्नरको पनि परेको थियो।

उक्त सन्देशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बदला लिइने र इस्लामिक समूहको समर्थन गर्ने बारेमा लेखिएको थियो । कालो पृष्ठभूमिमा पहेँलो रङ्गका अक्षर लेखिएको छ । ती अक्षर मात्र देखिने र कम्प्युटर नखुल्ने भएपछि शनिबार ह्याक भएको प्रमाणित भई काम रोकिएको अधिकारीले जनाएका छन् । रासस/एएफपी

Meriland map
प्रकाशन मिति–२०७४ साल असार १२ गते सोमवार ।