काठमाडौ। अमेरिकाको फ्लोरिडा राज्यको केप क्यानाभेरलस्थित अन्तरिक्ष केन्द्रमा विहीबार विस्फोट भएको छ। ‘स्पेस एक्स’ कम्पनीले रकेट प्रक्षेपण गर्न तयारी गरेको अवस्थामा ‘लन्च प्याड’मा विस्फोट भएको बताइएको छ।

Blast in Florida USAविस्फोटका कारण कोशौं टाढा रहेका भवनहरुमासमेत कम्पन महसुस गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटका कारण भएको हताहतीकाबारेमा केही खुल्न सकेको छैन।

नासाले ‘स्पेस एक्स’ कम्पनीले रकेट प्रक्षेपणको जाँच गरिरहेको र उसले आगामी हप्ताको अन्त्यमा ‘स्याटलाइट’ अन्तरिक्षमा लैजाने तयारीमा रहेको जनाएको छ। विस्फोटको कारण खुल्न सकेको छैन।
एजेन्सी
प्रकाशन मिति–२०७३ साल भदौ १६ गते विहीवार ।