काठमाडौ। पश्चिम नेपालको पाल्पा पोखरीथोक अमरई थाकथलो भएतापनि यतिखेर अमेरिकामा अमेरिकन बाबु मेड इन नेपाल भनेर प्रवेश उप्रेती पाउलले चर्चा पाएका छन्। प्रवेशले अमेरिकामा गरेको मेहनत तथा संघर्षको पुरस्कार स्वरुप त्यसरी चर्चा पाउनु स्वभाविकता हो। त्यो स्वभाविकतामा कयन कथा छ। दुःख अनि पीडाको मर्म रहेको छ।

अमेरिका भन्नासाथ पैसाको बोट भएको मुलुक भनेर कयन नेपालीहरुमा भ्रम रहेको छ। त्यो भ्रम अमेरिका आएपछि नै थाहा हुने गर्दछ। अमेरिका आएपछि अमेरिकाको दुःख अनि पीडा आत्मसाथ गरेपछि अमेरिकन बाबु बनेका कयन नेपालीहरु नेपाल फर्केपछि अमेरिका आउन नै मन गर्दैनन्। तरपनि, नेपालीहरुको अमेरिका प्रतिको आकर्षण तथा मोह नघटेको यथार्थता प्रवेशले भनेका छन्।

Mr.Prabesh Upreti Paul with his spouce M/s Samjhana Upreti

अमेरिका विश्वको अति बैभबशाली मुलुक भएको कारण यहाँ जस्तोसुकै दुःख गर्न चाहने नेपालीहरुको स्वभावले पनि त्यो आकर्षण नघटेको हुनुपर्ने तर्क गर्ने प्रवेश उप्रेती पाउलको बास्तविक नाम धर्म उप्रेती हो। ईश्वर थापा निर्मित तथा निर्देशित आनेवाला बहुप्रतिक्षित नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालका अभिनेता समेत रहेका प्रवेशको अमेरिका प्रवेश भने डीभी लटरीवाट भएको हो।

७ बर्ष कोरियामा दुःख गरेर नेपाल फर्केकै बर्ष अमेरिकाको डीभी लटरी भर्दा डीभी परेपछि प्रवेश अमेरिका पुगेका हुन्। अमेरिकाको न्यूयोर्क स्थित Stamford Connecticut भन्ने स्थानमा हाल पत्नी संझना उप्रेती सहित बसोबास गर्दैआएका प्रवेशलाई अभिनय र डान्स भने सानैदेखिएको रुचि हो। त्यो रुचिको कारण पाल्पाको पोखरीथोकको विष्णु माविमा अध्ययन गर्दा नै हिरो भएको कल्पना गर्दथे। अनि पाल्पाकै त्रिभुवन आदर्श बहुमुखी कलेज पढ्दा त स्कुल पढ्दा गरेका ती कयौ कल्पनालाई यथार्थमा परिणत गर्ने प्रयास भएतापनि सफल भएको थिएन।

Mr.Prabesh Upreti- A Hero in Nepali Film American Babu Made in Nepal.

अमेरिका आएपछि भने, चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा अभिनय गरेपछि त्यो कल्पनाले साकारता पाएको प्रवेशको भनाई रहेको छ। नेपाल आतेजाते क्रममा केही गीतका भिडियोमा समेत अभिनय गरेका प्रवेशको डेब्यु फिल्म अमेरिकन बाबु मेड इन नेपाल अमेरिका तथा नेपालवाट चाँडै नै रिलिज हुने क्रममा रहेको छ।

ठूलो सपना बोकेर अमेरिका पुगेका नेपालीहरुको कथा बोकेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको रहेको छ। यसले गर्दा पनि यो चलचित्रको कथा प्रवेशले आफ्नै जस्तो भएको महशुश गरेका छन्। त्यसले गर्दा पनि यस चलचित्रमा प्रवेशले अत्यन्त स्वभाविक अभिनय गरेका छन्। जुन चलचित्रमा चाँडै दर्शकले हेर्न पाइने भएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २७ गते सोमवार ।