Nepalese Vetran Singer Satya Kala Rai with her Husband Vetran Nepalese Actor Nawal Khadka.
Nepalese Vetran Singer Satya Kala Rai with her Husband Vetran Nepalese Actor Nawal Khadka.

काठमाडौ। नेपालकी ख्यातिप्राप्त गायिका सत्यकला राई र राष्ट्रवादी नायक नवल खड्काको दाम्पत्य जीवनको आठ बर्षगांठ पुगेको छ। यसअवधिमा अतुलनीय जोडीका रुपमा सवैको माझ चिनिएका यी जोडीको जीवन अत्यन्त सुखमय र रमाइलो भैरहेको दुवैको दावी रहेको छ।

Satya Kala Rai 6

केही समयअघि भएको २२ दिने विश्वको बैभवशाली मुलुक अमेरिकाको भ्रमणलाई गायिका सत्यकला राईले आफूहरुको दोश्रो हनिमुन नै भएको स्वीकारेकी छन्। एकले अर्कालाई अझ नजिकवाट बुझेर आनन्दी मनले अमेरिका घुम्दा तथा रम्दा साँच्चै स्वर्गमा विचलन गरिरहेको जस्तो अनुभव नै भएको सत्यकलाको जिकिर रहेको छ। यसअघि आठ बर्षअगाडि विवाहको लगतै चितवनको सौराहामा हनिमुन मनाएको त्यो पलभन्दा पनि अत्यन्त रमाइलो भएको दुवैले भनेका छन्।

अर्कोतर्फ नेपालवाट अमेरिका पुगेदेखि त्यहाँ आफूहरुले पाएको सौहाद्र्धता तथा आतिथ्यताको बयान गरेर साध्य नै नभएको सत्यकलाले भनेकी छन्। अर्कोतर्फ नेपाल र भारतको सिमानामा काँडेतार लगाउनु पर्दछ भनेर यसको अभियानमा लागेका राष्ट्रवादी कलाकार नवल खड्काको अभियान तथा उनले अभिनय गरेका राष्ट्रवादी चलचित्र भीमदत्त लगायतको त्यहाँ अत्यन्त चर्चा भएको थियो।

Satya Kala Rai 5

त्यसको साथमा हङकङ आइडीले बोल लगायतका दर्जनौ दर्जन गीतले नेपाली आधुनिक संगीतको आकाशमा बेग्लै पहिचान राख्न सफल गायिका सत्यकला राईको गायन कलाको मन्त्रमुग्धले तारिफ भएको थियो। वासिङटनमा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कुमार कार्कीदेखि टेक्सासमा दुवैको सम्मान गर्ने मनोज राईसम्मले गायिका सत्यकला राई र नायक नवल खड्काको गुणगान गाएका थिए।

Emabassdor of Nepal Dr. Arjun Kumar Karki with Nawal Khadka & Satya Kala Rai in Washington DC (U.S.A.)
Emabassdor of Nepal Dr. Arjun Kumar Karki with Nawal Khadka & Satya Kala Rai in Washington DC (U.S.A.)
Nawal Khadka & Satya Kala Rai appriciated by Mr. Manoj Rai in Texas (U.S.A.)
Nawal Khadka & Satya Kala Rai appriciated by Mr. Manoj Rai in Texas (U.S.A.)

२२ दिनको अमेरिका भ्रमणको अवधिमा कोलाराडो, भर्जिनिया, टेक्सास, वासिङटन लगायतका ६ राज्यमा पुग्न सफल यी दम्पत्तिको सम्मान भने सवै स्थानमा भयो। तीन स्थानमा गायिका राईको गायन कार्यक्रम पनि भयो। जहाँ पुग्दा पनि सत्यकलालाई हङकङ आइडी कार्डैले भनेर भन्नेहरुको कमी भएन।

सत्यकलाको हङकङ आइडी गीतलाई हरेक पल्ट पनि वान्स मोर भन्नेहरु धेरै भए। यसअर्थमा पनि सत्यकला आफूहरुको कलाकारितावाट निक्कै आत्मसंतुष्टि मिलेको स्वीकार गर्छिन्।

Satya Kala Rai 4प्रकाशन मिति–२०७४ साल भाद्र ३० गते शुक्रबार ।