Flags of the United States of America and Cuba

काठमाडौ। अमेरिकाले आफ्ना नागरिकलाई क्युवासंगको व्यापार विषयमा नयाँ प्रतिबन्ध लगाएको छ। अमेरिकी सरकारले क्युवाका सरकारी कार्यालय वा संस्थानसँग कुनै पनि किसिमका व्यापार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

यसमा सरकारबाट सञ्चालित होटल र पसल पनि समेटिएका छन् । अमेरिकी सरकारको नयाँ नियमपछि अमेरिकी नागरिकले क्यूवाका १ सय ८० सरकारी र सैन्य स्वामित्व भएका कम्पनीसँग व्यापार गर्न पाउने छैनन्।

यो प्रतिबन्धपछि अब अमेरिकी नागरिक पर्यटकको रुपमा मात्र क्युवामा जान सक्ने छन्। अमेरिकी सरकारले लिएको नयाँ कमदलाई पूर्वराष्ट्रपति बाराक ओवामाले क्यूवासँगको सम्बन्ध विस्तार गर्ने नीति फिर्ता गर्ने उद्देश्यले भएको बताइएको छ।

यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले क्युवाका विषयमा ओबामा प्रशासनले लिएको नीति समाप्त गर्ने घोषणा गरेका थिए।(समाचार एजेन्सीको सहयोगमा )।
प्रकाशन मिति–२०७४ साल कात्तिक २३ गते विहीवार।