Australiaकाठमाडौ। नेपालमा ठगीको आरोपमा दुई जना मलेशियन र एकजना अष्ट्रेलियन नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलेशियन नागरिक रामदास बस्कारादास र धमलिङगम तथा अष्ट्रेलियाका रविन्द्र रहेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाले अष्ट्रेलिया पठाइ दिने भन्दै एक करोड २५ लाख ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ।

काठमाडौंस्थित आईएफपी एजुकेशन कन्सल्टेन्सीमार्फत ११ जना नेपालीलाई ‘आईएलटीएस’ विना नै अष्ट्रेलिया अध्ययनका लागि पठाइदिने भन्दै उनीहरुले ठगी गरेको प्रहरीले जनाएको छ।

विद्यार्थीहरुलाई रविन्द्रको अष्ट्रेलियामा रहेको खातामा रकम जम्मा गर्न लगाउने गरेको पाइएको पनि प्रहरीले बताएको छ ।

प्रकाशन मिति–२०७४ साल भाद्र २५ गते आइतवार ।