Aifa Awardकाठमाडौ। भारतीय चलचित्र उद्योग बलिउडको १८ औं ‘इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड’ (आइफा)मा सबैभन्दा उत्कृष्ट चलचित्र ‘नीरजा’ बन्न सफल भएको छ।

अमेरिकाको न्युयोर्क शहरमा हरियो कार्पेटमाथी धुमधामले मनाइएको उक्त कार्यक्रममा चलचित्र ‘नीरजा’ले सबैभन्दा उत्कृष्ट भारतीय फिल्मको अवार्ड हात पारेको हो। नेशनल फिल्म अवार्डबाटसमेत सम्मानित फिल्म ‘नीरजा’ एक एयर होस्टेजको आम कथामा बनेको छ।

गतवर्षको फिल्म ‘उड्ता पन्जाब’मा शाहिद र आलियाको जोडी सफल मानिएको छ। किनभने एउटै फिल्मबाट दुबैले पुरुष र महिलातर्फ उत्कृष्ट कलाकारको ‘आइफा अवार्ड’ हात पार्न सफल भए।

पछिल्लो वर्षमा बलिउडमा प्रर्दशन गरिएका चलचित्रबाट मनोनित भएका फिल्म र कलाकारबाट प्रत्येक विधामा आइफा अवार्ड दिने गरिन्छ।
प्रकाशन मिति–२०७४ साल साउन १ गते आइतवार ।