M/s Arati Thapa-Tourishm 2017

काठमाडौ। यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन्। शुक्रबार आयोजित प्रतियोगितामा सहभागी ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज जितेकी हुन्।

त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौकी कृष्टिना श्रेष्ठ र सेकेण्ड रनर अपमा काठमाडौकै एन्जी लामा बनेकी थिइन्। यो बर्षकी मिस टुरिज्म थापा डेनमार्कबाट बजार व्यवस्थापनमा स्नातक हुन्। थापा पछिल्लो समय मोडलिङ क्षेत्रमा पनि सक्रिय रहेकी छन् । फस्ट रनर अप श्रेष्ठ ‘पब्लिक हेल्थ’ विषयमा स्नातक हुन् ।पब्लिक हेल्थ र मेडिकल टुरिज्मलाई अघि बढाउने योजना उनले सुनाइन्।

ताज विजेता थापाले रु ५० हजार तथा फस्ट रनरअप श्रेष्ठले रु ३० हजार र सेकेण्ड रनरअप लामाले रु २० हजार हात पारे। अघिल्लो वर्ष मिस टुरिज्म–२०१६ को उपाधि ओरुषा थापाले जितेकी थिइन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्वाइन्ट मिडियाले प्रतियोगिता आयोजना गरेको हो ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २४ गते शुक्रबार ।