काठमाडौ। सशस्त्र प्रहरी निरीक्षक स्वर्गिय दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार’ नेपाल एपीएफ स्कुलमा कक्षा ५ मा अध्ययनरत छात्र आशिष रोकायालाई प्रदान गरिएको छ। 

Durga Babu Smriti Sangit Pursakarस्व.पाठकको स्मृतिमा उनका एकै व्याचका सहकर्मीद्वारा स्थापित नगद एक लाख ५० हजार रुपैयाँको स्थापना गरिएको अक्षयकोषबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवको अवसर पारेर नेपाल एपीएफ स्कूलमा संगीततर्फ प्रथम हुने एक जना छात्र तथा छात्रालाई सो पुरस्कार प्रदान गर्दै आएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताएका छन्। बुधबार सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय हलचोकमा आयोजित सो संघको वार्षिकोत्सवमा एक समारोहका वीच रोकायालाई सो पुरस्कार प्रदान गरिएको हो।

सशस्त्र प्रहरी बल सि.सं. ७ का सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा आफ्ना सहकर्मीको सम्झनामा सो संगित अक्षयकोष स्थापना गरिएको हो । सानै देखि गीत–संगीतमा रुचि राख्ने बहु– प्रतिभाका धनी सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकले पंक्षी र निन्द्रा लाग्दैन गरी २ वटा एल्वम् बजारमा ल्याईसकेका थिए । गीत रचना गर्ने, आफै संगीत भर्ने र आफै गाउँने समेत क्षमता राख्ने स्व. पाठकको संगितिक प्रतिभालाई अमर राख्नको लागि सो अक्षयकोषको स्थपाना गरिएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले भनेका छन्।

स्व. पाठकको कर्तव्य पालनाको सिलसिलामा विसं. २०७२ चैत्र २७ गते धादिङ्को मलेखुमा सडक दुर्गघटना परी निधन भएको थियो । यसकासाथै सो संघले पुरस्कार स्थापना गर्न सहयोग गरे वापत सो सि. सं.लाई प्रसंसा पत्र तथा मायाको चिनो प्रदान गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उक्त सि.सं.को तर्फबाट सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापालाई प्रसंसापत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
प्रकाशन मिति–२०७४ साल असार २८ गते बुधवार ।