Edd Mubarak...
Edd Mubarak…

काठमाडौ। नेपाल सरकारले इस्लाम समुदायको महान पर्व ईद (इद उल–फित्र)को अवसरमा सोमबार नेपालमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल सरकार गृह मन्त्रालयले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र संख्या ५१, खण्ड ६५ भाग ५ मा मिति २०७३ चैत १५ गते प्रकाशित सूचना अनुसार ‘इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (इद उल–फित्र)का दिन विदा दिने’ भनी उल्लेख भएकोमा सो पर्व यही असार १२ गते सोमबार पर्ने भएकोले उक्त दिन नेपालभर सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।

यसले गर्दा असार १२ गते सोमवार नेपालभर सार्वजनिक विदा भएको छ।
प्रकाशन मिति–२०७४ साल असार ११ गते आइतवार ।