Youth Vision Progm 3काठमाडौ। नेपालवाट ऊर्जावान नेपाली युवाहरुको बर्षेनी लाखौको संख्यामा विदेश पलायन भैरहेको छ। ती ऊर्जावान युवाहरुलाई देशमा नै रोकेर उनीहरुलाई उचित शिक्षा तथा अवसर दिन नसक्नु राष्ट्रकै कमजोरी भएको सरोकारवालाहरुको भनाई रहेको छ।

ललितपुरको जाउलाखेलमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले युवाहरुको विदेश पलायन रोक्न सरकारलाई आग्रह गरेका छन्। रोटरी क्लव अफ जाउलाखेलको आयोजनामा अन्तरराष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा युवा विषयक अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ।

Mr. Rajendra Bahadur Shrestha
Mr. Rajendra Bahadur Shrestha

अन्तरक्रियामा रोटरियन राजेन्द्रवहादुर श्रेष्ठले उल्लु र हाँसको कथालाई जोड्दै उल्लुको साथ दिनेहरुको कारण युवाहरुको बढ्दो पलायन भएको तर्क राख्दै हरेकमा भिजन आवश्यक रहेको र उनीहरुमा सपना हुनुपर्ने बताएका छन्। सपना नदेखिकन कुनैपनि कुरा साँचो नहुने रोटरियन श्रेष्ठको जिकिर रहेको छ।

कार्यक्रममा रोटर क्लव अफ जाउलाखेलकी प्रेसिडेन्ट शारदा आचार्य पोखरेल, मञ्जु कार्की लामिछाने, बीरेन्द्र पोखरेल, प्रकाशबाबु थापा, सुवर्णा बस्नेत लगायतले देश विकासमा युवाको भूमिका बारेमा प्रकाश पारेका थिए।

Vetran Singer M/s Sabina Karki
Vetran Singer M/s Sabina Karki

रोटरी क्लव अफ जाउलाखेलकी पब्लिक रिलेसन अफिसर गायिका सविना कार्कीले रुनु पर्ने डरले हाँस्न छाड्नु हुंदैन भन्ने बोलको युवालाई आत्मप्रेरणा दिने गीत गाएकी थिइन्। कार्यक्रममा दुई हात र एक खुट्टा नभएकी गायिका तथा समाचारबाचिका कमला श्रेष्ठको उपस्थितिले पनि युवाहरुलाई आत्मविश्वास जगाउन प्रेरणा मिलेको थियो।

Sabina Karki, Kamala Shrestha & Sunita Kayastha
Sabina Karki, Kamala Shrestha & Sunita Kayastha

प्रकाशन मिति–२०७४ साल साउन २४ गते मंगलवार ।