काठमाडौ। अपत्यारिलो तर सत्य घटनाको रुपमा यो हप्ता चार नेपाली चलचित्रहरु एकसाथ रिलिज भएका छन्। रिलिज भएका चलचित्रमा मेला, तान्द्रो, रोमियो र सकस रहेका छन्।

चलचित्र चार एकसाथ एकैदिनमा रिलिज हुंदा दर्शक नै अलमलिएको तथा विना प्रचार आएका यी चार चलचित्रले खासै दर्शक पाउन नसकेको र शुक्रबारको पहिलो दिनको पहिलो–शो त दर्शक नभएर अष्टनारायण हल बन्द नै भएको जानकारी ख्यातिप्राप्त चलचित्र वितरक तथा प्रदर्शक गोपालकाजी कायस्थले भिजन संसारलाई दिएका छन।

यो हप्ता रिलिज भएका यी चार चलचित्रको तुलनामा गत हप्ता रिलिज भएको चलचित्र फाटेको जुत्ता हेर्न आउने दर्शकहरुकै भीड रहेको सिटीम्याक्स हलका संजीला पौडेलले भनेकी छन्। शनिवारको शोमा पनि फाटेको जुत्ता हेर्न आउनेहरुकै भीड लागेको छ। शुक्रबार रिलिज भएका नयाँ चलचित्रप्रति दर्शकको आकर्षण नै नदेखिएको पौडेलको भनाई रहेको छ।

लामो होमवर्क तथा प्रचार–प्रसारलाई व्यापकता दिएर मात्र चलचित्र चलाउन आवश्यक भैसकेको र एकसाथ एकैदिन चार चलचित्र रिलिज गर्नु र गराइनु घातक नै भएको वितरक तथा प्रदर्शक कायस्थको जिकिर रहेको छ।

प्रकाशन मिति–२०७४ साल कात्तिक २५ गते शनिवार ।