gold-ornaments.1काठमाडौ। सुनको मूल्यमा गत हप्ता एकैदिनमा तीन हजारसम्म मूल्यबृद्धि भएकोमा यो हप्ताको विहीवारसम्म पुग्दा सुनको भाउमा सामान्य कमी आएको छ। विहीवार सुनको मूल्य तोलामा ३ सय रुपैया घटेर ५८ हजार रुपैयामा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबारसम्म सुन नेपाली बजारमा तोलाको ५८ हजार ३ सयमा कारोवार भएको थियो। अन्तरराष्ट्रिय बजार मूल्यअनुसार नेपाली बजारमा भएको सुनको भाउ सामान्य रुपमा सस्तिएपनि विहीवार चाँदीको मूल्यभने बृद्धि भएको छ। चाँदी तोलामा १० रुपैयाले बृद्धि भएर तोलाको ८ सय ३५ रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

gold-ornamentsप्रकाशित मिति–२०७३ साल असार १६ गते विहीवार ।