Kango Mission File Photo
Kango Mission File Photo

काठमाडौ। शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत कङ्गोमा कार्यरत दुई नेपाली सैनिक विद्रोहीको आक्रमणमा परी घाइते भएका छन् । सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह माई माईद्वारा भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाका २ जवान घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

जंगीअड्डाले घाइतेको परिचय खुलाएको छैन । तर, सैनिकस्रोतका अनुसार घाइते हुनेमा अमलदार रामहादुर कार्की र अर्जुनबहादुर भुजेल रहेका छन्। राजधानी दैनिकका अनुसार, उनीहरुको कंगोको गोमास्थित राष्ट्रसंघको लेवल ३ अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य स्थिति सामान्य रहेको सेनाले जनाएको छ।

नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागि ५ जना विद्रोहीको मृत्यु भएको छ। उक्त घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राईफल २ थान र सोको एम्युनिशन ५० राउण्ड कंगोको राष्ट्रिय सेनालाई बुझाइएको छ। गण हेडक्वार्टर बेनीबाट करिब २२ किमी टाढा कवास भन्ने स्थानमा झडप भएको हो। कंगोमा नेपाली सेनाको शम्शेरदल गणको २३ औं डफ्फा कार्यरत छ।
प्रकाशन मिति–२०७४ साल असार ५ गते सोमवार ।