Chiwar Dan 1काठमाडौ । थेरवाद बुद्धशासन इतिहासमा कथिन चीवर दानको विशेष महत्व रहेको जिकिर भिक्षु समितको रहेको छ। भिक्षु समितका अनुसार उपसम्पदा भएका भिक्षुहरुले अनिवार्य रुपमा सुलभ स्थानमा बर्षावास बस्नुपर्दछ। बर्षावास तीन महिना कुनै विहारहरुमा वा नियम अनुसार सम्मत भएको स्थानमा बस्ने गर्दछन्।

त्यसरी बर्षावास बस्नेत समयमा दाताहरुले निमन्त्रणा गरिन्छ। कथिन दानको जिम्मा लिएका दाता परिवारवाट चीवर अर्थात बस्त्र दान गरिन्छ। असोज पूर्णिमा देखि कात्तिक पूर्णिमाको एक महिनाभित्र हरेक विहारहरुमा कथिन चीवर दान गर्नु पर्दछ। यो बर्षको एक पटक मात्र गर्न मिल्ने भिक्षु समितको भनाई रहेको छ।

Chiwar Dan 2

कथिन चीवर दान बुद्ध धर्ममा अष्टमहा कुललस मध्ये पहिलो कुसल कार्य हो। यो कुसल कार्य सु–सम्पन्न गर्न कठिन वा गाह्रो हुने भएकोले यसलाई कथिन दान भनिएको हो। यो दान गरेपछि कुनैपनि प्रकारका डरलाग्दा भय, डर तथा हानी–नोक्सानी नहुने तथा स्थिर रुपमा प्रतिफल प्राप्त हुने कथन रहेको छ।

यिनै कथिन चीवर दान काठमाडौको स्वयम्भु भुइँखेल स्थित आनन्द भुवन विहारमा संपन्न भएको छ। शनिवार आयोजित चीवर दान कार्यक्रममा श्रद्धालु भक्तजनहरुको उत्साहजनक सहभागिता रहेको थियो। भिक्षु शान्त शोभन तथा भिक्षु शान्त सिद्धार्थले तीन महिनासमम नियमपूर्वक बर्षावास पूरा गरेकोमा काठमाडौ झ्वाःबहालकी चन्द्रहीरा श्रेष्ठाचार्य तथा श्रेष्ठाचार्य परिवारको तर्फवाट कथिन चीवरदान प्रदान गरेका थिए।

Chiwar Dan 3

कथिन चीवर दानमा प्रदान गरिएको बस्त्र सामान्य नहुने पनि भिक्षु समितले भनेका छन्। हजारौ श्रद्धालु उपासक–उपासिकाहरुको हातवाट मान–सम्मान सहित श्रद्धापूर्वक दान गरिएको हुन्छ। जुन दान आनन्द भुवन विहारमा चन्द्रहीरा श्रेष्ठाचार्य परिवारवाट दिइएको हो।

Chiwar Dan 4Photo By-Rekha Shakya (Rajamati)
प्रकाशन मिति–२०७४ साल कात्तिक ११ गते शनिवार ।