Kamal School 4काठमाडौ। काठमाडौको बल्खुस्थित कमल स्कुलवाट वि.सं.२०७३ सालमा एसइइ परीक्षा उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई एक समारोह वीच विदाई समारोह गरिएको छ।

Kamal School 3काठमाडौ महानगरपालिका वडा नंबर १४ का वडा अध्यक्ष शोभा सापकोटाको प्रमुख आतिथ्यमा भएको विदाई समारोहमा उत्कृष्ट तथा सर्वोत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा मेडल सहित नगद पुरस्कार प्रदान गरिएको थियो।

Kamal School 2कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेकी काठमाडौ महानगरपालिका वडा नंबर १४ का वडा अध्यक्ष शोभा सापकोटालाई सफल कार्यकालको शुभेच्छा सहित कमल स्कुलका प्रिन्सिपल रामकृष्ण तण्डुकारले सम्मान प्रदान गरेका थिए।

Kamal School 1कार्यक्रममा बोल्दै काठमाडौ महानगरपालिकाका एक मात्र महिला वडा अध्यक्ष शोभा सापकोटाले १४ नंबर वडाको विकासमा आफू अत्यन्त सक्रिय भएर लागिपरेको र त्यसको लागि अहोरात्र काम गरिरहेको भनेकी छन्। कार्यक्रममा कमल स्कुलका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशन मिति–२०७४ साल भाद्र २५ गते आइतवार