Kabiyatri Anju Bistaकाठमाडौ। कवि एवम् साहित्यकार अञ्जु विष्टको जन्म काठमाडौको गोकर्ण स्थित बालुवा गाविसमा भएको हो। सानैदेखि कविता तथा साहित्य सिर्जना गर्नमा निक्कै रमाउने विष्टका कविताहरु विवाह पछि पनि निक्कै मौलाएको पाइएको छ।

Kabiyatri Anju Bista

श्रीमान पनि साहित्यप्रेमी भएकोले कवितामा रमाउन र कविता सिर्जना गर्न आफूलाई जतिखेर पनि सहज र सरल हुने गरेको अञ्जुको भनाई रहेको छ। पेशाले नेपाल प्रहरी अस्पतालमा अनमी नर्स रहेकी अञ्जु कतिपय कविता प्राय आफ्ना भोगाइका हुने गरेतापनि कतिपय भने अरुको जिन्दगीलाई हेरेर पनि कोर्ने गर्छिन्। यसैले त अञ्जु कवितामा बोल्दै जिन्दगी भोगाइको अतृप्त मिलन हो भन्छिन्।

हालसम्म सयौं कविता कोरिसकेकी अञ्जु निकट भविष्यमा चाँडै एक कविता संग्रह निकाल्ने सोचमा रहेकी छन्। विभिन्न कविगोष्ठी तथा साहित्य सम्मेलनहरुमा धाराप्रवाह कविता बाचन गर्न सक्ने अञ्जुभित्रको त्यो खुवीवाट प्राय सवै प्रभावित बन्ने गरेको पाइएको छ।

त्यसैले त भन्ने गरेको छ–अञ्जुको कवितामा को रुंदैन? उनको कवितामा जिन्दगीको भोगाईका यथार्थ पाइन्छ। जुन प्राय सवैको जिन्दगीमा हुने गर्दछ। कसैको जिन्दगी पनि एकनासको हुंदैन्। त्यो फरक जिन्दगीमा फरक अनुभुति कवि र कविताले दिने गर्छ। त्यही दिने क्रम तथा उपक्रममा आफू रहेको पनि उनले भनेकी छन्।

प्रकाशन मिति–२०७४ साल असार २९ गते विहीवार ।