Manmaiju Ma Ktmकाठमाडौंमा आज मनमैजु आसपासमा बिहानै भूकम्प गएको छ। बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।

पराकम्पको धक्का काठमाडौको गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा अलि धेरै महशूस गरिएको थियो। यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म ४ सय ८६ पटक पराकम्प गएको छ

प्रकाशन मिति–२०७४ साल असोज १८ गते बुधवार ।