काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको रौनकता दिनानुदिन बृद्धि भैरहेको बर्तमान अवस्थामा काठमाडौमा चुनावी माहोल तातिदै गएको छ। चुनावी माहोललाई रौनकता प्रदान गर्न उम्मेदवारहरुको घरदैलो अभियानले अत्यन्त तिब्रता पाएको छ। जसलेगर्दा उम्मेदवारहरुलाई भ्याइँनभ्याइँ नै भएको छ।

काठमाडौ क्षेत्र नंबर ९ मा बाम–गठवन्धनबाट प्रतिनिधिसभाका नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ र सोही क्षेत्रवाट प्रदेश (क) वाट प्रभावशाली बौद्धिक व्यक्तित्व नेकपा एमालेका उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्यको निक्कै नै व्यस्तता बढे्को छ।

हरेक दिनजसो मतदाताहरुको घरदैलो अभियानमा पुग्दै उनीहरुको यथास्थिति बुझ्दै भाषणवाट भन्दा पनि कामले गरेर देखाउने उदेश्यले आफूहरु लागिपरेको डाक्टर अजयक्रान्ति शाक्यले बताएका छन्।

अहोरात्र मतदाताहरुसंग भलाकुसारी गरेर उनीहरुको पीरमर्का बुझ्ने कार्यमा उम्मेदवारहरु घरदैलोमा पुग्दा क्षेत्र नंबर ९ का मतदाताहरुले अत्यन्त श्रद्धाकासाथ स्वागत गर्ने गरेका छन्।

मतदाताहरुले यो क्षेत्रमा विगतका निर्वाचनमा नेपाली कांग्रेसले जितेतापनि उनीहरुले यो क्षेत्रको खासै विकास कार्यमा योगदान नदिएको तथा बाम–गठवन्धनका योग्य उम्मेदवार कृष्णगोपाल श्रेष्ठ तथा डाक्टर अजयक्रान्ति शाक्य जस्ता लायकका नेतालाई जिताउन आफूहरु कटिबद्ध रहेको पनि भनेका छन्।

शुक्रबार क्षेत्र नंबर ९ को कलंकी स्थित मेघा महल पार्टी प्यालेसमा आयोजित भव्य मतदाता भेटघाट कार्यक्रममा पनि मतदाताहरुले बाम–गठवन्धनका उम्मेदवारहरु नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ र डाक्टर अजयक्रान्ति शाक्यको आवश्यकता तथा महत्वका बारेमा खुलेर बोलेका थिए।

साथमा नेकपा एमालेका बरिष्ठ नेता भरतमोहन अधिकारी, काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतले पनि बाम–गठवन्धनको आवश्यकता र यसको उपलव्धी बारेमा बोलेका थिए।

प्रकाशन मिति–२०७४ साल कात्तिक २४ गते शुक्रबार ।