काठमाडौ। नेकपा एमालेले काठमाडौ महानगरपालिकाका चर्चित मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा काठमाडौमा निर्वाचन परिचान कमिटी गठन गरेको छ। काठमाडौका निर्वाचनका अपडेट लगायत सवै मेयर शाक्यकोको अगुवाईमा गठित कमिटीले काम गर्ने भएको छ।

सोही निर्वाचन परिचालन कमिटी अन्तर्गत काठमाडौको कान्तिपथमा मिडिया डेस्कको स्थापना पनि गरिएको छ। प्रेस चौतारीको नेतृत्वमा स्थापित मिडिया डेस्कले चौतारीका सदस्य पत्रकारहरुलाई काठमाडौका १० वटै क्षेत्रहरुमा निर्वाचन न्यूज अपडेट तथा बाम–गठवन्धनका उम्मेदवारहरुका ताजा गतिविधिलाई समाचारमा ल्याउने भएको छ। यसको लागि आफूहरु अत्यन्त तयारी अवस्थामा रहेको र कार्य शुरु गरिसकेको जानकारी पनि मिडिया डेस्कका संयोजक मोहन बाँस्तोलाले भनेका छन्।

निर्वाचन परिचालन कमिटी तथा मिडिया डेस्क गठन कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको साथमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारहरु कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर, डाक्टर अजयक्रान्ति शाक्य लगायतका विशिष्ट नेताहरुको उपस्थिति रहेको थियो। उनीहरुले निर्वाचन परिचालन कमिटी तथा मिडिया डेस्कको कार्य सफलताको कामना गरेका थिए।

प्रकाशन मिति–२०७४ साल कात्तिक २४ गते शुक्रबार ।