काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य विभागिय प्रमुखहरुलाई तत्काल नागरिकले अनुभुति हुने कार्य गर्न निर्देशन दिने क्रममा। साथमा उपमेयर हरिप्रभा खड्गी लगायत।

काठमाडौ। काठमाडौलाई असुन्दर बनाउने नियम विपरित राखिएका विज्ञापन तथा होडिङ बोर्डहरु तत्काल हटाउन आवश्यक ठहर गर्दै काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना विभागिय प्रमुखलाई निर्देशन दिएका छन्।

त्यसको अलावा काठमाडौको ढल व्यवस्थापन तथा हरियाली निर्माण लगायतका कार्य तत्काल गर्न र गराउन लगाउन पनि विभागिय प्रमुखहरुलाई निर्देशन दिएका छन्।

काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी सहित सवै विभागिय प्रमुखहरुलाई लिएर काठमाडौका विभिन्न स्थानहरुमा भए–गरेका यथास्थितिलाई अवलोकन तथा अनुगमनमा पुगेका मेयर शाक्यले विभागिय प्रमुखहरुलाई उक्त निर्देशन दिएका हुन्।

त्यसको अलावा परम्परागतरुपमा हुने गरेका काठमाडौ महानगरपालिकाको सफाई अभियानलाई अन्त गर्दै अत्याधुनिक ढंगवाट तत्काल नागरिकले अनुभुति गर्ने गरी काम गर्न बाताबरण विभाग प्रमुखलाई निर्देशन दिएका थिए।

काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य विभागिय प्रमुखहरुलाई तत्काल नागरिकले अनुभुति हुने कार्य गर्न निर्देशन दिने क्रममा। साथमा उपमेयर हरिप्रभा खड्गी लगायत।

प्रकाशन मिति–२०७४ साल कात्तिक २६ गते आइतवार ।