काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यको चुनावी पदयात्रामा करिब चार हजारले सहभागिता जनाएको छ।

विहीवार विहान ७ बजे काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशमा पर्ने कुलेश्वर गणेशस्थानवाट शुरु भएको पदयात्रामा यतिका धेरैले सहभागिता जनाएर डा.अजयक्रान्ति शाक्यको लोकप्रियतालाई थप प्रमाणित गरेको छ। सोही क्षेत्र नंबर ९ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णगोपाल श्रेष्ठको समेत सहभागितामा पदयात्रा भएको थियो।

कुलेश्वर गणेस्थान हुंदै, बल्खु, टेकुसी, कान्तिपुर कोलनी, ट्याङलाफाँट, कलंकी हुंदै खड्का गाउंसम्म भएको करिब १० किलोमिटरको पदयात्राका क्रममा मतदाताहरुले प्रदेशसभाका उम्मेदवार डा.शाक्य र प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठलाई विजयको अग्रिम बधाई तथा शुभकामनाको अलावा सगुन पनि दिइएको थियो।

स्थानीय मतदाताहरुले काठमाडौ क्षेत्र नंबर ९ मा बाम–गठवन्धनको सूर्य ध्वंजावाहक उम्मेदवारहरुलाई जिताउने निश्चित जस्तो भैसकेको स्थानीय बाम बुद्धिजीवि श्याम सापकोटाले भनेका छन्। सापकोटाका अनुसार, सूर्य ध्वजावाहक बाम–गठवन्धनको पक्षमा उर्लदो जनमतले पनि यस कुरालाई पुष्टि गरिसकेको छ।

अनुभवी तथा खारिएका अघिल्लो पुस्ताका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ र नयाँ पुस्ताका अत्यन्त प्रभावशाली बौद्धिक व्यक्तित्व डा.अजयक्रान्ति शाक्यको पक्षमा देखिएको जनमत अत्यन्त उत्साहप्रद रहेको छ। काठमाडौ महानगरपालिका वडा नंबर १४ निर्वाचन परिचालन कमिटीको आयोजनामा यो बृहत पदयात्रा भएको हो।

जसको नेतृत्व तथा संयोजन काठमाडौ महानगरपालिका वडा नंबर १४ की वडा अध्यक्ष शोभा सापकोटाले गरेकी हुन्।
प्रकाशन मिति–२०७४ साल मंसीर १४ गते विहीवार ।