Gagan Thapa with Yogeshwar Amatya

काठमाडौ। नेपालको प्रथम नर्सको बारेमा विवाद हुंदैआएमो त्यस विवादको अन्त भएको छ। नेपाल सरकारले स्वर्गिय लामु अमात्यलाई नेपालको पहिलो नर्स घोषाणा गरेको छ।

प्रसिद्ध गायक योगेश्वर अमात्यका ममतामयी आमा लामु अमात्य पहिलो नर्स घोषणा भएपछि आइतवार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गायक अमात्त्यलाई आमाको आधिकारिक प्रमाण पत्र प्रदान गरिएको छ। स्वास्थ्यमन्त्री गगन थापाले गायक अमात्यलाई उक्त प्रमाण पत्र हस्तान्तरण गरेका हुन्।

स्व.अमात्यले सन् १९५४ मा कलकत्ता मेडिकल कलेजबाट स्टार्फ नर्स उत्तीर्ण गरेकी थिइन् । उनले विसं २०१२ फागुन ३० गते स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ तालिम परियोजनाका लागि लोकसेवामार्फत काम सुरु गरेकी थिइन् । नेपालमा हालसम्म पहिलो नर्स को हो भन्ने लामो समयदेखि अन्योल रहेको थियो । स्व.लामु र उमादेवी दासका परिवारले पहिलो नर्स आफूलाई घोषणा गर्न मन्त्रालयमा दाबी गर्दै आएका थिए।

दुवै पक्षले पेस गरेका प्रमाणका आधारमा स्व. लामुलाई पहिलो नर्स घोषित गरिएको स्वास्थ्य मन्त्रालयले भनेको छ। भारतको पश्चिम बङ्गालको दार्जिलिङमा १९८८ माघ १४ मा जन्मिएकी स्व.लामुको २०६९ जेठ १९ गते निधन भएको थियो । आमाले लामो समयसम्म देशलाई गरेको सेवाको लामो समयको प्रयासपछि सम्बोधन भएको छ,– योगेश्वर अमात्यले कार्यक्रमपछि भने ।

आमाको नाममा सबै प्रदेशका जेहेन्दार छात्रालाई नर्सिङ अध्ययनका लागि सहयोग गर्ने सोच भएकाले यसबारे छिट्टै निर्णय गरिने समेत गायक अमात्यले कार्यक्रममा भनेका छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख १७ गते आइतवार ।