Milan-Amatyaकाठमाडौ। पछिल्लो पुस्ताकी अत्यन्त चर्चित गायिका मिलन अमात्यको श्रीमानसंग संवन्ध विच्छेद भएको छ। सोमवार काठमाडौ जिल्ला अदालतमा संवन्ध विच्छेद गरेकी गायिका अमात्यले संवन्ध विच्छेदको बारेमा खासै खुलासा गरेकी छैनन्।

गायिका अमात्यका श्रीमान मेन्सन अमात्यले राजीखुशीले नै संवन्ध विच्छेद गरेको भनेका छन्। ६ बर्ष अगाडि काठमाडौ न्यूरोडका व्यापारी मेन्सन अमात्यसंग विवाह गरेकी गायिका अमात्य भारतको आसामकी हुन्।

६ बर्षअगाडि अदालती विवाह गरेकी गायिकाले ६ बर्षपछि अदालतवाटै त्यस विवाहलाई टुंगाएकी छन्। जहिलेसम्म संसारमा, गाला रातै, बट स्लोली जस्ता दर्जनौ दर्जन हिट गीत गायिका अमात्यले गाएकी छन्।
प्रकाशन मिति–२०७४ साल असोज २ गते सोमवार।