काठमाडौ।  दशैंयता नेपाली चलचित्र खासै नचलेको अवस्थामा गत हप्ता शुक्रबारवाट रिलिज भएको चलचित्र झ्यानाकुटीले भने झ्यानाकुटी गर्दैभएपनि दर्शकलाई राम्ररी आकर्षित पारेको छ। यो चलचित्रमा कलाकारले बोल्ने भाषा तथा हाउभाउले दर्शकले अत्यन्त रमाइलो मानेको पाइएको छ।

त्यसमाथि, यस चलचित्रको पोष्टर देखि ट्रेलरसमेत रोमान्चक भएको कारण पनि दर्शक रमाएका हुन्। आम चलचित्र भन्दा फरक ढंगवाट नेपाली चलचित्रका दर्शकमाझ आएको चलचित्र ‘झ्यानाकुटी’ ले ल्याएको फोटो कन्टेस्टले अझ राम्रो चर्चा बटुलेको छ। प्रिती चाउचाउसंगको सहकार्यमा ’झ्यानाकुटी फोटो कन्टेस्ट’ अगाडि ल्याएको छ।

कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ। त्यहाँ अपलोड गरिएका तस्वीर मध्ये सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि पाउने छन् ।

यस कन्टेस्टमा दर्शक त उतिकै सहभागी छन् नै सेलिब्रेटीले पनि उतिकै साथ दिएका छन् । यसै कन्टेस्टका कारण यतिबेला सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर प्रशस्तै देख्न पाईन्छ।

नायिका निशा अधिकारीको निर्माण तथा सिमोस सुनुवारको निर्देशन रहेको यस चलचित्रमा बेनिशा हमाल, सौगात मल्ल, सुमी मोक्तान , एस्टल गुरुङ लगायतको अभिनय रहेको छ ।
प्रकाशन मिति–२०७४ साल मंसीर ४ गते सोमवार ।