काठमाडौ। निर्माणाधिन चितवन नारायणगढ मुग्लिन सडक आज शनिवार बिहान १० बजेदेखि बन्द भएको छ। साँझ पाँच बजेसम्म बन्द हुने भनिएको छ।

सडकमा खस्ने खतरा रहेको चट्टानको टुक्रा झार्नका लागि दिनभर सडक बन्द गर्नु परेको नारायणगढ मुग्लिन सडक आयोजनाले भनेको छ।

यो सडक राजधानी काठमाडौ र पर्यटकीय सहर पोखरालाई पूर्व र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो। यो मार्ग हुँदै दिनहुँ १० हजार गाडी ओहर– दोहर गर्ने गर्छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक २५ गते शनिवार ।