China Earthquakeबेइजिङ। चीनको सिचुवान प्रान्तमा ७.० रेक्टर स्केलको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सीइएनसी)ले जनाएको छ।

चीनको स्थानीय समयअनुसार मंगलबार राति ९ः१५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ। भूकम्पको केन्द्रविन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सीइएनसीले जनाएको छ।

भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे अहिलेसम्म केही जानकारी प्राप्त नभएको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल साउन २४ गते मंगलवार ।