काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेका छन् । उनी बुधबार अपराह्न चीनको राजधानी बेइजिङ पुगेका छन्। चीनको राजकीय भ्रमणकाक्रममा ट्रम्प बुधबार दक्षिण कोरियाबाट चीन पुगेका हुन्।

एसिया भ्रमणकाक्रममा ट्रम्प गत आइतबार जापान पुगेका थिए। गत जनवरीमा ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक चीन भ्रमणमा आएका हुन्। दुई हप्तामात्रअघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुन्।

उनको यो तीनदिने राजकीय भ्रमण भएको चिनियाँ सन्चारमाध्यमहरुले जनाएका छन्। राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा छन्। (समाचार एजेन्सीको सहयोगमा)।
प्रकाशन मिति–२०७४ साल कात्तिक २३ गते विहीवार।