काठमाडौ। सबैभन्दा पुरानो भनिएको जीजस् क्राइस्टको तस्वीर अंकित ‘पेन्टिङ’ ४५ करोड अमेरिकी डलरमा लिलामीमा बिक्री भएको छ। प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको पाँच सय वर्ष पुरानो ‘सल्भाटोर मुन्डी’ नामले प्रख्यात जीजस् क्राइस्टको तस्वीर अंकित उक्त ‘पेन्टिङ’ अमेरिकाको न्युयोर्कस्थित लिलामीमा ४५ करोड अमेरिकी डलरमा बिक्री भएको हो।

तर, उक्त पेन्टिङ खरिद गर्नेको नाम भने गोप्य राखिएको छ। बीबीसीका अनुसार यो विश्वभर अहिलेसम्म कै सबैभन्दा महँगो ‘पेन्टिङ’ मानिएको छ। उक्त ‘पेन्टिङ’मा जिजस् क्राइस्टले एउटा हात उठाएको र अर्को हातमा ग्लास बोकेको देखाइएको छ।

प्रसिद्ध चित्रकार दा भिन्चीले उक्त पेन्टिङ बनाएपछि बेलायतका राजा चाल्र्स प्रथमलाई उपहारस्वरुप प्रदान गरिएको बताइएको छ। जुन चार बर्षअघि रुसी संग्रहकर्ता दमित्री ई रयाबोलोभ्लेवले १२ करोड १० लाख अमेरिकी डलरमा किनेका थिए। उक्त पेन्टिङको तल्लो भाग पूरै जीर्ण बनिसकेको छ भने पेन्टिङको पछाडीको भागमा केही प्वाल परिसकेका छ।
प्रकाशन मिति–२०७४ साल मंसीर १२ गते मंगलवार ।