Rohiya with Surendra Maharjan 2काठमाडौ। तीन बर्षको उमेरदेखि डान्स गर्दैआएकी प्रसिद्ध डान्सर रोहिया महर्जनको लाइफ नै यतिखेर डान्समय भएको छ। हरपल–हरक्षण डान्स नै डान्स भैरहेको हाउसफुल डान्सको लाइफ विताउंदैआएकी रोहिया लाइफ नै डान्स भैसकेको छ।

Rohiya Maharjan

 

३० बर्षिया रोहिया डान्समा लागेको पनि २७ बर्ष भैसकेको छ। काठमाडौको ढल्कोस्थित नेपा डान्स एकेडेमी नामक डान्स स्कुल स्थापना गरेर यसको प्रमुखको रुपमा कार्यरत रहेकी रोहियाको हालैमात्र विवाह भएको हो।

 

आफूले चाहेको र खोजेको प्रेमी सुरेन्द्र महर्जनसंग प्रेम विवाह गरेकी रोहिया आफ्नो लाइफ पार्टनरले आफ्नो कामलाई दिलैदेखि बुझेको र जानेको भएकोले विवाह पश्चात पनि यस क्षेत्रमा खुलेर लाग्न सहज भएको उनको भनाई रहेको छ।

 

विहान उठेदेखि राति सुत्नेबेलासम्म डान्स क्लास एटेन्ट गरेर डान्स सिकाउने कार्यमा अत्यन्त व्यस्त बन्दैआएका रोहियाले दर्जनौ गीतका भिडियो तथा केही फिल्महरुमा डान्स डाइरेक्सन गर्ने कार्य पनि गरिसकेकी छन्।

 

एक जमानाकी ख्यातिप्राप्त डान्सर रोहिया यतिखेर डान्स डाइरेक्सनमा नै व्यस्त बनिरहेकी छन्। रोहियाको भाषामा डान्स नै लाइफ हो। यो एक प्रकारको थेरापी हो। यो थेरापीमा सारा संसार नाचिरहेको तर्क पनि रोहियाको रहेको छ।

Rohiya Maharjan's Dance 2Rohiya Maharjan's Dance 1प्रकाशन मिति–२०७४ साल साउन ३ गते मंगलवार ।