Dr-Govinda-Kcकाठमाडौ। डा.गोविन्द केसीले २३ दिन लामो आमरण अनसन निश्कर्षमा नपुग्दैस्थगित गरेका छन् । देशमा आइपरेको प्राकृतिक विपतबाट आफू आहात भएको र बाढी कम भएपछि आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्नु पर्ने भन्दै डा.केसीले आफ्नो अनसन स्थगितको घोषणा गरेका भनेका छन्।

डा.केसीले माफिया प्रवृत्तिविरुद्ध आफ्नो आन्दोलन जारी रहेको बताएका छन्। केही माग पूरा भएपनि माथेमा प्रतिवेदन र आफ्ना सुझावहरु समेटेर चिकित्सा शिक्षा ऐन पारित गर्न अझै बाँकी नै रहेको डा.केसीले भनेका छन्। यो पटक डा.केसीले सरकारसँग कुनै सम्झौता गरेका छैनन्।

यद्यपि चिकित्सा शिक्षा विधेयक तत्काल पास गर्नु पर्ने बाहेकका अधिकांश माग भने सम्बोधन भएको छ। डा. केसीले अनसन स्थगित गर्नुअघि त्रिभुवन विश्वविद्यालयले उनको माग सम्बोधनमा केही निर्णय गरेको छ।त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ।
प्रकाशन मिति–२०७४ साल साउन ३१ गते मंगलवार ।