काठमाडौ। ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात सुरु भएको छ। सोमबार परेको सामान्य वर्षासँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो।

हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ भने प्रसिद्ध तिर्थस्थल पाथिभरामा पनि बाक्लो हिउँ परेकाले तिर्थयात्री प्रभावित बनेका हुन्।

माथिल्लो क्षेत्रका बस्तीमा बाक्लो हिमपात भएसँगै चिसो निकै बढेको छ। चिसोको बढी असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा परेको छ। जिल्लाका फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाफ्रे लगायतका उच्च भेगका स्थानमा समेत चिसो बढेको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर १२ गते मंगलवार ।