काठमाडौ। नयाँ शक्ति नेपालकी अगुवा नेतृ हिसिला यमीले अरुले कुरा गर्छ हामीले गर्छौ पूरा भनेर क्रान्तिकारी कुरा गरेकी छन्। नेवाः राष्ट्रिय परिषद केन्द्रिय तदर्थ समितिले आयोजना गरेको आसन्न निर्वाचन बहस कार्यक्रममा नेतृ यमीले उक्त कुरा गरेकी हुन्।

नेतृ यमीले विशेषत नयाँ शक्ति नेपाल पार्टी नयां नेपालको निर्विकल्प पार्टी भएको दावी गर्दै आफूलहरुले विकास मात्र होइन, दिगो विकास गरिनु पर्दछ र त्यसमा पनि समावेशी सहितको विकास भन्ने कुरामा जोड दिएर अगाडि बढ्ेको भनेकी छन्। नेपाल बहुभाषिय मुलुक भएको कारण भाषिक समानता तथा न्यायको लागि आफ्नो पार्टी क्रियाशील रहेको समेत नेतृ यमीले भनेकी छन्।

कार्यक्रममा नयाँ शक्ति नेपालले काठमाडौ उपत्यकामा बनाइएको उम्मेदवारहरु राकेश मास्के, अनुपसिंह सुवाल, लक्ष्मीकुमारी श्रेष्ठ,शारदा मल्ल, भीम महर्जन, निर्मला कटुवाल, पंच महर्जन, राजु महर्जन लगायतका एक दर्जनभन्दा बढीको परिचय गराइएको थियो। आयोजक नेवा राष्ट्रिय परिषदले दुनियाँमा कही पनि नंबरवाट प्रदेशको नामाँकरण गरिएको नभएको तर, नेपालमा मात्र गरिएकोमा घारे आपति जनाएको छ।

नेपालको ३ नंबर प्रदेशमा नेवार र तामाङहरुको बाहुल्यता रहेकोले यस प्रदेशलाई नेवाः–ताम्सिलिङ प्रदेश घोषणा गरिनु पर्दछ भनेर माग गरेको छ। काठमाडौ उपत्यकाको इतिहास तथा धरोहरलाई निमिट्यान पार्ने गरेर गरिदैआएको अतिक्रमण तथा सडक विस्तार विरोधको चर्को आवाज उठाएर यसलाई व्यवस्थित गर्ने मुद्दा उठाउने उम्मेदवारहरुलाई नै मतदान गर्न समेत नेवाः राष्ट्रिय परिषद केन्द्रिय तदर्थ समितिले आव्हान गरेको छ।

Photo By-Laxmi Kumari Shrestha

प्रकाशन मिति–२०७४ साल कात्तिक २४ गते शुक्रबार ।