Miss Kavre 2काठमाडौ। बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ यो बर्षको मिस काभ्रे–२०१७ भव्य तथा सभ्य रुपमा हुने आयोजकको भनाई रहेको छ। आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका अनुसार मिस काभ्रे–२०१७ काभ्रेको सुन्दर नगरी बनेपाको अरनिको सभाभवनमा भाद्र ३१ गते हुने भएको छ।

काभ्रेका युवतीहरुमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले हरेक बर्ष आयोजना आयोजना हुंदैआएको यो बर्ष मिस काभ्रे २०१७ नवौं संस्करण हो । काभे्र जिल्लाको धुलिखेल, नाला, बनेपा पाँचखाल, पनौती, भैसीपाटी, साँगा भकुण्डे, शंखु आदि ठाउँबाट प्रतिस्पर्धीहरुले आबेदन फराम भरी उत्कृष्ट १० जना फाइनलका लागि छनौट भएका हुन्।

Miss Kavre 3

१६ देखि २२ बर्ष उमेर समूहका अविवाहित युवतीहरुको प्रतियोगितामा सहभागिता रहेको छ । अन्तिम प्रतिस्पर्धा लागि छनोट भएका प्रतियोगीलाई कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउन्डर डिरेक्टर राज फैजुले प्रशिक्षण दिइरहेका छन्। कार्यक्रममा व्यक्तित्व विकास, एक्टिङ, डान्स, उद्घोषण आदिका बारेमा प्रतियोगीहरुले प्रशिक्षण लिइरहेका छन्।

प्रतियोगीता अन्तरगतको फोटोसुट ग्लामरस आइकन नेपालबाट सम्पन्न भैसकेको छ, जसबाट मिस फोटोजेनिक, पर्सनालिटी र स्माइल अवार्डको छनौट गरिने छ । आयोजक र प्रतियोगीहरुको तर्फबाट गोंगबुँ स्थित मानव आश्रममा विभिन्न सामाग्रीका साथै खानेकुरा पनि वितरण गरिएको थियो।

Miss Kavre 4उक्त कार्यक्रमका विजेताहरुलाई विभिन्न विज्ञापनहरुमा अवसर, नगद पुरस्कारका साथै विभिन्न संस्थाका छात्रवृति प्रदान गरिने जानकारी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले दिएका छन्।
प्रकाशन मिति–२०७४ साल भाद्र २९ गते विहीवार ।