Laxmi singer 1काठमाडौ। कुशल नृत्याङ्गना तथा मोडल लक्ष्मी योङहाङ पछिल्लो समयमा गायिकाको परिचय बनाउँदै छन् । विभिन्न कार्यक्रममा नृत्यांगनाका रुपमा प्रस्तुत हुँदै दर्शकको नजरमा पर्न सफल लक्ष्मी अब श्रोताको मनमा बस्ने क्रममा रहेकी छन्।

हालै उनले ‘सानै छँदा.’ बोलको गीत गाएकी छन्। जुन गीतको भिडियो समेत निर्माण गरी युट्युव मार्फत सार्वजनिक गरिसकेकी छन्। म्युजिक भिडियोमा गायिका स्वयंमले अभिनय गरेकी छन्। साथै, भिडियोमा लक्ष्मीसँग सैलेन्द्र थेबे, दीपक र बालकलाकारद्वय इलिपाज र जिसनले पनि अभिनय गरेका छन्।

‘सानै छँदा…’ भन्दा पहिले लक्ष्मीले आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन्।

Laxmi singer 2

प्रकाशन मिति–२०७४ साल असार १५ गते विहीवार ।