काठमाडौ। नेपालका कवि एवम् साहित्यकार तथां पत्रकार व्याकुल पाठकलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरले त्यहाँ आयोजित विशेष कार्यक्रममा सम्मान गरेको छ। अमेरिकाको नीजि भ्रमणका सिलसिलामा न्यूयोर्क पुगेका पाठकलाई उनले नेपाली साहित्य र पत्रकारितामा विगत साढे दुई दशकदेखि अनवरत रूपमा पुर्याउँदै आएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

Byakul Pathak Samman US 1अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले साहित्यकार पाठकले नेपाली साहित्य र पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । पाठकलाई न्यूयोर्कमा स्वागत गर्दै उनले उत्तरोत्तर सफलताको कामना पनि गरे। कार्यक्रममा वरिष्ठ साहित्यकार एवं न्युयोर्कका लागि वाणिज्यदूत कृसु क्षेत्रीले साहित्यकार पाठक आफ्नो दुई दशकदेखिको आत्मिय मित्र रहेको उल्लेख गर्र्दै उनको योगदानका आधारमा अनेसासले सम्मान गरेर राम्रो काम गरेको बताए।

न्यूयोर्क निवासी साहित्यकार लक्ष्मी श्रेष्ठको कविताकृति ‘ढुकढुकीमा सुन्दरीजल’ विमोचन समारोहमा कवि एवम् साहित्यकार पाठकलाई सम्मान गरिएको हो। कार्यक्रममा पहिलो नेपाली तारा दीपक लिम्बुलाई पनि सम्मान गरिएको थियो।
प्रकाशन मिति–२०७४ साल भाद्र २८ गते बुधवार ।