Satya Mohan Joshi samman 1काठमाडौ। नेपालका ख्यातिप्राप्त अनि सवैका सर्वमान्य तथा सर्वप्रिय इतिहासविद तथा वाङ्मय शताब्दि पुरुष डा.सत्यमोहन जोशीलाई शुक्रबार काठमाडौमा भव्य समारोहबीच सम्मान भएको छ।

नेवाः जागरण मञ्चको संयोजनमा लक्ष्मीदास मानन्धरको संयोजकत्वमा स्थापित ‘वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशी सम्मान’ समितिका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले ९९ बर्षिय इतिहासविद जोशीलाई सम्मान गरेकी हुन्। जोशीलाई सम्मान स्वरूप वसन्तपुरबाट दिउँसो १ बजे नेपाली सेनाको बग्गी एवं ब्यान्डसहितको टोलीको र्‍यालीले नगर परिक्रमापश्चात् राष्ट्रिय सभागृहमा लगेर अभिनन्दन गरिएको थियो।

Satya Mohan Joshi samman 2

काठमाडौं महानगरपालिकाको सहयोगमा भएको उक्त सम्मान कार्यक्रममा सांस्कृतिक बाजागाजाका साथ विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शन समेत गरिएको थियो। कार्यक्रममा धिमे, बाँसुरी, धाः बाजासहित विभिन्न सांस्कृतिक कार्यक्रम र धार्मिक विधिअनुसार सम्मान गरिएको हो। सम्मान कार्यक्रममा सत्यमोहन जोशीको जीवनी तथा उनले अहिलेसम्म गरेको योगदानको झलकदेखि उनीद्वारा लिखित पुस्तकहरूको प्रदर्शनीसमेत गरेको थियो।

Satya Mohan Joshi samman 3प्रकाशन मिति–२०७४ साल भाद्र ३१ गते शनिवार ।