काठमाडौ। नेपालका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिबार बिहान निधन भएको छ। काठमाडौं ज्ञानेश्वरस्थित निवासमा ९० वर्षीय विष्टको निधन भएको हो।

विष्ट पञ्चायती व्यवस्थामा विसं.२०२६, २०२८ र २०३४ मा गरी तीन पटक प्रधानमन्त्री भएका थिए।

विसं.२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि विष्ट पुनः मन्त्रीपरिषद् उपाध्यक्ष भएका थिए।
प्रकाशन मिति–२०७४ साल कात्तिक २५ गते शनिवार ।