Gyanendra Shah in Norvic Hospitalकाठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालवाट डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वराजा शाह शुक्रबार डिस्चार्ज भएका हुन्। पूर्वराजा शाहको उपचारमा संलग्न डा. यादव भट्ट र पारिवारिक चिकित्सक डा. किशोरजंग राणाको सल्लाहमा डिस्चार्ज गरिएको हो।

मुटुको धमनीमा सामान्य समस्या देखिएकाले ज्ञानेन्द्रको एन्जियोप्लास्टी गरी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। ज्ञानेन्द्र गत बुधबार उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए। ज्ञानेन्द्रको स्वास्थ्य अवस्था हाल सामान्य रहेको चिकित्सकहरुले जनाएका छन्। ज्ञानेन्द्रको डिस्चार्जकाक्रममा पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीसहित शुभचिन्तक र सर्वसाधारणसमेत नर्भिक अस्पताल पुगेका थिए।

यसैवीच ज्ञानेन्द्रले डिस्चार्ज पश्चात विज्ञप्ति जारी गरी उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सक, कर्मचारी, व्यवस्थापन र सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७४ साल साउन ६ गते शुक्रबार ।