काठमाडौ। नेपालका व्युटीसियनहरुमा भएको कला र सीप प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भैरहेको व्युटीसियन डिभा २०१७ को चौथों संस्करणको तयारी कुपण्डोल स्थित सनराइज क्याफेमा व्यापक रुपमा भैरहेको छ।

काठमाडौं, ललितपुर, भक्तपुर, धाडिङ्ग, धरान, बिराटनगर लगायतका स्थानबाट आवेदन दिएका १३ प्रतिस्पर्धीहरु माझ फाइनल राउण्ड यही भाद्र २३ गते शुक्रबार हुने भएको छ। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना तथा आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउन्डर डिरेक्टर राज फैजुको कोरियोग्राफीमा प्रशिक्षण भैरहेका छन्।

Beutician Diva 2017
Beutician Diva 2017

कार्यक्रममा व्यक्तित्व विकास, उद्घोषण व्युटीसियन पेशाका आधारभूत तालिम लगायत प्रतियोगीहरुले प्रशिक्षण लिइरहेका छन् । प्रतियोगिता अन्तरगतको फोटोसुट ग्लामरस आइकन नेपालबाट सम्पन्न भैसकेको छ, जसबाट मिस फोटोजेनिक, पर्सनालिटी र स्माइल अवार्डको छनौट गरिने छ ।

आयोजक र प्रतियोगीहरुको तर्फबाट गोलढुङ्गा स्थित मेरी गोल्ड अनाथालयमा विभिन्न सामाग्रीका साथै खानेकुरा पनि वितरण गरिएको थियो । उक्त कार्यक्रमका विजेताहरुलाई विभिन्न विज्ञापनहरुमा अवसरका साथै विभिन्न संस्थाका छात्रवृति प्रदान गरिने जानकारी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले दिएकी छन् ।
प्रकाशन मिति–२०७४ साल भाद्र २१ गते बुधवार