Indrajatra 2काठमाडौ। काठमाडौको लामो पर्वको रुपमा लिइने गरेको इन्द्रजात्रा आज आइतवार रातिवाट विधिवत रुपमा संपन्न भएको छ।

नेपालको जीवित देवीको रुपमा मानिएको कुमारीको रथयात्रा बसन्तपुर कुमारीघरवाट तानेर प्याफल, यटखा, किलागल, भेडासिंह, इन्द्रचोक, मखन, हनुमानढोका हुंदै कुमारीघरमा नै पुर्याएपछि इन्द्रजात्रा संपन्न भएको हो।

Indrajatra 3आज अन्तिम दिन कुमारी, श्रीगणेश तथा श्रीभैरबका तीनवटै रथहरुको महिलाहरुले तानेका थिए। सो अवसरमा लाखे नाच लगायत पुलुकिसी नाच, आकाश–भैरव र भक्तपुरको महाकाली नाच पनि प्रस्तुत गरिएको थियो।

Indrajatra 1जात्रा निक्कै शालिन तथा शिष्ट रुपमा संपन्न भएको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र २५ गते आइतवार ।