Nepal Era 1138 1काठमाडौ। नेपालको मौलिक तथा आफ्नो संवत नेपाल संवत हो। हरेक बर्षको लक्ष्मीपूजाको भोलिपल्ट तिथिअनुसार नेपाल संवत अनुसारको नयाँ बर्ष प्रारम्भ हुने गर्दछ।

आज नेपाल संवत नयाँ बर्ष ११३८ प्रारम्भ भएको छ। नयाँ बर्ष ११३८ को पावन अवसरमा काठमाडौ उपत्यका लगायत देश तथा विदेशमा यस संवतलाई उत्सवको रुपमा मनाउने कार्य भएको छ।

Nepal Era 1138 5एक आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ। मर्दा–पर्दा तथा शुभ–मांगलिक कार्यहरु यसै संवतअनुसारको तिथिमिति अनुसार गर्ने कार्य सवैले गर्ने गरिन्छ। राष्ट्रिय मान्यता प्राप्त भैसकेको यस संवतलाई कतिपयले नेवारको संवत मात्र भन्दैआएकोमा यथार्थमा त्यो नभइकन आम नेपालीको हो भन्ने कुरा सवैले बुझ्नु आवश्यक छ।

Nepal Era 1138 4तिथिमिति अनुसार सवै जन्म तथा मृत्यु संस्कार गर्ने अनि कसरी नेवारको मात्र संवत भन्ने? यो गहन सवाल बनेको छ। गैह्र–नेवारहरुले पनि नेपाल संवत केवल नेवारको संवत भनेर साम्प्रदायिक विचार राख्नु र राख्ने संस्कार आज नेपाल संवत नयाँ बर्ष ११३८ को दिनवाटै त्याग्नु आवश्यक छ। राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गरेका हुन् ।

Shankhadhar Sakhwa-Promoter of Nepal Sambat Nepal Era in Nepal.
Shankhadhar Sakhwa-Promoter of Nepal Sambat Nepal Era in Nepal.

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरको दावी रहेको छ। लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं.२०५६ सालमा आएर नेपाल संवत नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिएको घोषणा गरेका थिए।

Mha Poojaआजैका दिन साँझ नेवार सम्प्रदायमा आत्मपूजा अर्थात म्हपूजा गर्ने प्रचलन रहेको छ। आफ्नो शरीर पवित्र मन्दिर हो। यो मन्दिररुपी शरीरको पूजा गर्नुपर्दछ भन्ने मान्यता अनुरुप नेवार सम्प्रदायले गर्ने अलौकिक म्ह–पूजा विश्व प्रसिद्ध नै मानिन्छ।

कला र संस्कृतिको अत्यन्त धनी नेवार सम्प्रदायको यो संस्कृतिलाई स्वदेश तथा विदेशमा समेत प्रचलनमा ल्याउनेहरुको संख्यामा बर्षेनी बृद्धि हुंदैआएको छ।

प्रकाशन मिति–२०७४ साल कात्तिक ३ गते शुक्रबार ।