काठमाडौ। नेपालको राजधानी काठमाडौ लगायत देशैभर चिसो बढ्न थालेको छ। सोमबारको तुलनामा न्यूनतम तापक्रममा केही कमी आएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद समिर श्रेष्ठका अनुसार सोमबार राजधानीको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेकोमा मंगलबार ७ डिग्री सेल्सियस मापन गरिएको छ।

मंगलबार राजधानी काठमाडौको अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। पूर्वी पहाडी जिल्लामा आंशिक बदली भई हिमपात हुन सक्ने पनि मौसमविद श्रेष्ठको भनाई रहेको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर १२ गते मंगलवार ।